Pages

Friday, December 10, 2010

कबिता :- ए दाई भो म अब स्कुल जान्न |

ए दाई भो म अब स्कुल जान्न ,
त्यहा ईतिहास पढाई हुदो रैछ
जुन सधै जित्नेको मात्र लेखिन्छ

उ सधै हारेको थियो ,
कहिले दोरम्म्भामा हार्यो
कहिले बादरमुढेमा हार्यो
कहिले आफ्नै दरबारमा हार्यो
उसलाई जित्नेको
आजकाल जता ततै जय जयकार छ ,
तर बास्तबमा उसले जितेको
त्यो जित थिएन
उ हारेको थ्यो त्यहा
उसले शान्ति मारेको थ्यो त्यहा
तर पनि ईतिहास उसैको लेखिएको छ
जित उसैको देखिएको छ
जुन मलाई चित्तै बुझ्दैन
म त्यस्तो ईतिहास पढन
ए दाई भो म अब स्कुल जान्न


मलाई पढाउनु छ भने
त्यस्तो ईतिहास पढाउ
जुन ईतिहास पढेर
म त्यो ईतिहास भन्दा अघि बढ्न सकु
जुन ईतिहास पढेर
म भोलि सम्म बाच्न सकु

ए दाई भो म स्कुल जान्न
जहा फ्रेममा सजाईएका आदर्श पढाईन्छ
जहा मक्काई सकेको शुत्रका ठेलीहरु धोकाईन्छ
म फच्चे गर्न चाहन्छु
यो समय अनि यो माटोले
बोकाएका ऋण हरु
त्यसैले बरु मलाई कुटो देऊ
कम से कम म आफै खन्न सकु
आफु हिड्ने गोरेटो
त्यसैले
ए दाई भो म अब स्कुल जान्न

Saturday, December 4, 2010

गजल :- तिम्रो बैंस

भरिएछ बैंस तिम्रो पोखाएर नहिडे है !
सडक पेटी बजारमा जोखाएर नहिडे है !!


दुनियाको गिद्दे दृष्टि तिमि माथि पर्दा खेरि,
आफ्नै नजर कु ठाउमा ठोकाएर नहिडे है !!


सुन्छु आज चारै तिर बैंस भारि भाछ अरे ,
झुक्कियरनी बटुवालाई बोकाएर नहिडे है !!


धैर्य संगै मन पनि सधै बसमा राखे सानु ,
पैसै ठुलो भन्ने पाठ घोकाएर नहिडे है !!


डुल्ने नै भो फुलबारीमा भमरा त यसै पनि,
भोकाएका भुस्यालाई टोकाएर नहिडे है !!



भरिएछ बैंस तिम्रो पोखाएर नहिडे है !
सडक पेटी बजारमा जोखाएर नहिडे है !!