Pages

Friday, October 30, 2009

संकेत - कथा

(मैले झिनो बिषय बस्तु लाई उठान गरि लेख्ने प्रयास गरेको छु कमि कमजोरी औल्याई दिनु होला )


एक बिहानै घर अगाडी आएर काग कराउछ | राधा कि सासु सुबोल सुबोल भन्दै मकैको थाक्रा माथिको काग धापाउछिन | यसरी एक बिहानै घर आगाडी काग कराउनु लाई उनी दिनमा हुने कुनै शुभ तथा अशुभ कुराको संकेत को रुपमा लिदै , काग उडे लगत्तै उनको मनमा आनेक थरि कुरा खेल्न थाल्छ | राम्रो र नराम्रो दुवै थरि कुरा उनि मन मा खेलाउछिन | सेना मा भयको छोरो सम्झिन्छिन | गएको बैशाख मा बिबाह गरि दिएकी छोरी रुपा को बारेमा सोच्छिन | सोच्दा सोच्दै टोलाएर पिडिमा बस्छिन | घर भित्र बाट एकोहोरो आवाज आईरहेको हुन्छ ... आमा ......... आमा......... ए आमा .... | तर उनि सुन्दिनन |
नजिकै आएर राधाले उनको मौनतालाई भंग गर्दै अलि ठुलो स्वर मा ´"आमा .. चिया " भन्दा उनि झसङ्ग हुन्छिन .| "ए .... म त यसै टोलाएछु " " हेर्न राधा, आज बिहानै काग आएर करायो , मलाई त कस्तो कस्तो लागि राको छ " उनि बोल्छिन् | " ह्यया....... आमा पनि त्यसै मनमा अनेकौ कुरा सोच्नु हुन्छ | जाबो काग कराउदै मा केही हुदैन |" "ल लिनुस चिया " राधा उनको अगाडी चिया राख्दै घर भित्र पस्छिन |

आज दिन भरि उनको मन कुरै कुराले गरुङ्गो भयको छ | बाटोमा हिडदा होस् या अरु कुनै काम गर्दा उनको मनमा आनेकौ अड्कलहरु आउछन | बारम्बार छोरा र छोरीको मात्र याद आईरहेको छ उनको मनमा |
बिहानै घर आगाडी काग कराउनु आज उनकोलागि खुबै खुल्दुली र चासो को बिषय बनेको छ उनलाई र बुढा-पाकाहरु ले भन्ने गरेका विभिन्न कुराहरु सग जोडेर उनको मनमा कुराहरुको पोको ताती परेको छ | मन खेलेका कुराहरुले उनलाई खपिनसक्नु हुन्छ |
अन्त्यमा केहि शिप नलागे पछि राधा लाई बोलाएर फोन गर्न भन्छिन छोरी रुपालाई | छोरि सग एक छिन कुरा गरे पछि उनको मन अलि हल्का भए जस्तो हुन्छ | तर पनि छोराको बारेमा सोच्न छोडदैन उनको मन ले | अब झन बादी सोच्न पुग्छिन | फेरी छोरालाई फोन गर्न भन्छिन राधा सग | राधा नम्बर मिलाउन थाल्छिन | फोन लाग्दैन | फेरी कोसिस गर्छिन लाग्दैन | जति गर्दा पनि फोन नलागे पछि अब राधा को मन पनि पोल्न थाल्छ | देश को अवश्था सम्झिन्छिन |
अगी सम्म त आमाको मात्रै मन पोलेको थियो अब सासु बुहारी नै जल्न थाल्छन | बिहान काग कराउनु र आहिले छोराको फोनमा सम्पर्क हुन नसक्नु " जंगलमा बाघ कराउनु र गोठबाट बाख्रा हराउनु " भने जस्तै हुन्छ | दुवै जना छट पटिन थाल्छन बिहान बिहानै काग कराउनु कुनै कुराको संकेत हो भन्दै एक अर्काको मुख हेरा हेर गर्न थाल्छन | रात छिप्पिन लागि सके पनि निन्द्रा लाग्दैन दुवै लाई | अहिले दुवै मौन छ तर मन भित्र धेरै राम्रा नराम्रा अड्कल बाजीका कुराका लहरहरु उर्लिएका छन् | बिस्तारै टोलाउदा टोला उदै दुवै जना झकाउन पुग्छन | दुवै तन्द्रामा रहेको बेला बाहिर बाट मसिनो स्वोर मा आवाज आउछ "आमा .....आमा ...........ए आमा" एक छिन पछि फेरी " ए आमा .. आमा... होइन सबै सुति सके क्याहो ??????? " भित्र बाट कसैको केही आवाज आउदैन | अलि ठुलो स्वोर मा "राधा ..ओ राधे" | भित्र का दुवै तान्द्रा बाट बिउझिन्छन र परिचित आवाज जस्तो लग्छ | ढोका ढक ढकको आवाज आउछ | आमा दौडेर ढोका खोल्छिन | "बाबु त !!!!!!!" राधा पनि आइपुग्छे | एकै छिन अगी मनमा खेलेका सबै कुरा र आहिले छोरा आगाडी हुदा दुवै दङ्ग पर्छन | आमा अनि सम्झिन्छिन बिहान घर अगाडी काग कराएको कुरा ......अनि यसले दिने संकेत ......

Thursday, October 29, 2009

म दोशी भए तिम्रो नजर मा

म दोशी भए तिम्रो नजर मा !
म बेहोशी भए तिम्रो अधर मा !!
समाल्न न सक्ने आफुलाई ,
म कोशी भए तिम्रो नहर मा !
म बेहोशी भए तिम्रो अधर मा !!
बाटो आफ्नै नचिन्ने ,
म बिदेशी भए तिम्रो शहर मा !
म बेहोशी भए तिम्रो अधर मा !!
कस्तो मन मेरो कस्तो भयो ,
म शेखी भए तिम्रो जहर मा !
म बेहोशी भए तिम्रो अधर मा !!
कहिल्यै फैशाला नहुने ,
म पेशी भए तिम्रो मुहार मा !
म दोशी भए तिम्रो नजर मा !
म बेहोशी भए तिम्रो अधर मा !!

Tuesday, October 27, 2009

गजल


चैत मासे खडेरीमा हरियाली कुरा उनको !
बुझ्नै नसक्ने कस्ती रैछे बगलीमा छुरा उनको !!
मुटु माझ चिरा पारी नुन चुक छर्की जादा
के के थिए सपनाहरु भए होलान पुरा उनको !!
चैत मासे खडेरीमा हरियाली कुरा उनको !!
आजकल अन्तकतै अरु सगै रमायर
सामिप्यको संकेत दिदै बज्छन होला चुरा उनको !!
चैत मासे खडेरीमा हरियाली कुरा उनको !
बुझ्नै नसक्ने कस्ती रैछे बगलीमा छुरा उनको !!

मलाई अलिकति.......

मलाई
अलिकति जिउन सिकाईन उनले !
अलिकति पिउन सिकाईन उनले !!
मुटु माझ प्वाल पर्दा ,
जतनले सिउन सिकाईन उनले !!!
तर आज उनि ,
भरी शराबको बोत्तल बनेर आईन,
पिउन खोजे जहर रहेछ ,
मन मुटु जलाईन उनले !!!
त्यसैले आज......
न त जिउन सक्छु !
न त पिउन सक्छु !!
खरानी लाई बटुलेर ,
न त सिउन सक्छु !!

Monday, October 26, 2009

आजकल अध्यारो नै निको लाग्छ

रात पछिको सुनौलो बिहानीको प्रतिक्षामा बस्दा बस्दै .....,
बिहानी त आयो तर कालो बादल लिएर आयो !
खरी झरेको नबज्ने मादल लिएर आयो .!!
त्यसैले,
आजकल अध्यारो नै निको लाग्छ ,
कमसे कम अरुले त देख्दैन मलाई ,
कसैले लेख्दैन मलाई .
सपना सपनानै थियो
तर आखा मा सजीय पछी
बास्तबिकता मा खोजे !
तर आखाको सपनाले
आखानै लिएर गए पछि
आध्यारोनै रोजे !!
बिहानी अब न आएनी हुन्थ्यो
उज्यालो ले नाता नालायनी हुन्थ्यो
त्यसैले आज
रात पछिको सुनौलो बिहानीको प्रतिक्षामा बस्दा बस्दै .....,
बिहानी त आयो तर कालो बादल लिएर आयो !
खरी झरेको नबज्ने मादल लिएर आयो .!!


बिनोद ढकाल २००९/१०/२०

मेरो हाल

बजारमा पसलेले सजायर राखेको
प्लास्टिकको फुल जस्तो ,
न कुनै जीवन छ ,
न कुनै सुगन्ध ,
केवल आखाको आकर्षण मात्रै
यस्तै छ हजुर परदेशी जीवन |

इट्टाको डङ्गुर भित्र
हरायको मान्छे म ,
मेरा लागि विदेश ,
पहिला रहर ,
आहिले कहर ,
गगन चुम्मी महलका शहर
निल्नु न ओकल्नु
घाटीको जहर .......|

हिडदा हिड्दै चौबाटो मै हराउछु,
कहिले कही झस्केर कराउछु ,
सबै चिज छ ,
तैपनि ,
केही नभए जस्तो ,
यो जीवन कस्तो कस्तो ??
आज आफैलाई लागि रहेछ किन सस्तो |

म दुनिया खोज्छु ,
दुनिया मलाई,
आफु भने आफै सग हराइरहेको छु ,
प्राप्ति र अप्राप्तिको बीचमा ,
मान्छे नै मान्छेको भीडमा.
म नितान्त एक्लो मान्छे भएर |

मिर्ग तृष्णा जस्ता भए मेरा रहर ,
आज हेर्छु अलि पर ,
भोलि हेर्छु झनै पर ,
यस्तै छ हजुर मेरो हाल,
जता हेर्यो प्वालै प्वाल |

जीवन जिउन लाई
जीवन संग सम्झौता गर्दा ,
नचाहेरै बिष पिउनु पर्ने ,
आफ्नै मुटु चिथोरेर सिउनु पर्ने ,
बतासले उडाएको
सिमलको भुवा जस्तो जीवन.....
समय सगै बहनु पर्ने |

के गर्नु हजुर ,
यस्तै छ हजुर मेरो हाल
समुन्द्रको तिरमा छु
न आउछ छाल
न आउछ काल
यस्तै छ हजुर मेरो हाल ............
यस्तै छ हजुर मेरो हाल ............


बिनोद ढकाल २००९/१०/२५