Pages

Thursday, December 24, 2009

खबरदार

संघियताको नाराले देश टुक्राउन पाईदैन !
हामी सबै नेपाली जातिए प्रान्त चाहिदै !!
अनेक जाति अनेक भाषा आफ्नो आफ्नै भेष छ !
अनेकतामा एकता सिङ्गो नेपाल देश छ !!
..................................
त्यसैले खबरदार ,,,,
यसलाई बिगार्न नखोज ...............

हिजो सम्म
म एक आम सर्ब साधारण नेपाली ,
सुन्दर अनि सिङ्गो नेपालको स्वभिमानी नेपली,
तर आज मेरो परिचय फेरिएको छ,
मेरो स्वभिमान गुमेको छ ,
मेरो स्वतन्त्रता खोसिएको छ ,
किनकि ,
मलाई नेपालको उत्तर आधुनिक
सभ्यता तर्फ धकेलिएको छ,
जहाँ आज भन्दा झन्डै ३०० वर्ष पुराना
मेरा पुर्खा हरु
जस्तै
म कुनै राज्यको रजौटा भएको छु ..................

Tuesday, December 22, 2009

कविता तिमि अब बोल्नु पर्छ

कविता तिमि अब बोल्नु पर्छ
किरातमा होईन ,
मगरात होईन |
कोचिलामा होईन ,
नेवामा होईन |
तिमि बोल्नु पर्छ
हिमाल देखि
पहाड तराई सम्म |
तिमि बोल्नु पर्छ,
मेची देखि
गण्डकी कर्णाली हुदै
माहाकाली सम्म |
तिमि बोल्नु पर्छ
हरेक गाउ गाउहरुमा
हरेक बस्तीहरुमा
हरेक जति , धर्म अनि भेष हरुमा
तिमि आब बोल्नु पर्छ
हरेक नेपाली मन मनमा
हरेक नेपालीको तन तनमा
राष्ट्रियताको लागि ,
अखण्डता को लागि ,
स्वाधिनताको लागि
स्वतन्त्रता को लागि
एउटै आवाज भनेर
सिङ्गो नेपाल भनेर
हो साच्चै बोल्नु पर्छ कविता
सुतेकालाई उठाएर ,
उठेकालाई बसाएर ,
सम्पूर्ण नेपालीलाई
एउटै सिङ्गो मालामा उन्नु पर्छ
जाति धर्म अनि
क्षेत्रीयतामा फुटायर होइन .
जुटाएर
सबै नेपालीलाई
सिङ्गो नेपाल बुन्नु पर्छ
हो कविता तिमि बोल्नु पर्छ
साच्चै बोल्नु पर्छ
राष्ट्रियताको लागि ,
अखण्डता को लागि ,
स्वाधिनताको लागि
स्वतन्त्रता को लागि
एउटै आवाज भनेर
सिङ्गो नेपाल भनेर .........

Thursday, December 17, 2009

मेरो परिचय


मेरो परिचय

आज म ,
आफ्नै घर भित्र
आफ्नै परिचय खोजिरहेछु |
थाहा छैन
कहाँ छु म आज
तमुवान मा छु कि
खुम्बुवान मा ?
मगरात मा छु कि
किरात मा ?
नेवाः मा छु कि
कोचिला मा ?
ताम्सालिङ मा छु कि
खै के मा छु के मा म ?
खै कहाँ छ मेरो देश ?
हिजो सम्म त म,
बुद्द अनि सगरमाथाको
कुम्लो बोकेर ,
बिरानो शहरमा
छाती फुकायर हिड्ने गर्थे ,
कसैले मेरो परिचय माग्यो भने
म त्यहि बुद्द अनि सगरमाथाको
कुम्लो फुकायर दिने गर्थे,
तर आज म ,
आफ्नै शहरमा बिरानो भएछु ,
सिमा वारी हुदा हुदै
सिमा पारी पो पुगिसकेछु ,
आफ्नै नेपाल आमाको काखमा
म सौताने छोरा पो भएछु |
आज म खोजिरहेछु
मेरो देश ,
मेरो सुन्दर देश
मेरो सिङ्गो देश
अनि त्यही देश संग गासिएको
मेरो परिचय |

Sunday, December 13, 2009

गजल


मात्रा नमिले पछि अमृत पनि जहर हुदो रैछ !
उझाड पखेरा पनि झिलिमिली शहर हुदो रैछ !!

बिश्वास गरि जिन्दगीमा खहरेको भर पर्दा ,
अर्थहिन जिबन,पानी बिनाको नहर हुदो रैछ !
उझाड पखेरा पनि झिलिमिली शहर हुदो रैछ !!

बाटो आफ्नै नचिनेर चौबाटो मै हरायासी,
चौतारीमा सुस्ताउन, पनि रहर हुदो रैछ !
उझाड पखेरा पनि झिलिमिली शहर हुदो रैछ !!

बलेकै आगो सबैको रोजाई भए पछि,
गल्ती बिना पनि, सजायको ठहर हुदो रैछ !
उझाड पखेरा पनि झिलिमिली शहर हुदो रैछ !!


मात्रा नमिले पछि अमृत पनि जहर हुदो रैछ !
उझाड पखेरा पनि झिलिमिली शहर हुदो रैछ !!

Wednesday, December 2, 2009

संघीय नेपाल र फरक मत

नया नेपालमा नया संबिधान बनाउन नेपालका प्रमुख दलहरुको राज्य पुनःसंरचनासम्बन्धी अवधारणा देख्दा मलाई राष्ट्र निर्माता अनि नेपालको राष्ट्रिय बिभुति मानिएका श्री ५ पृथ्बी नारायण शाह प्रति धिक्कार लगेर आयो | अनि भन्न मन लग्यो तिमीले कमसे कम त्यति बेलाका बाईसे , चौबिसे राज्यहरु एकीकरण नगरेको भए आहिलेका हाम्रा नेता हरुले नया संबिधानमा कति राज्य बनउने बनेर बहस गर्नु पर्ने थिएन, न त माओबादीले यसैका लागि भनेर बिसौ हजार नेपाली सोझा जनता को नरबली चढाउनु पर्थ्यो नेपाली माटोलाई | पृथ्बी तिमीले गल्ति गरेछौ नेपाल एकीकरण गरेर किनकि तिमीले नेपालको स-साना राज्य , रजौटा हरुलाई मिलाएर सिङ्गो नेपाल बनायौ तर आज तिम्रै सन्तति हरु त्यो सिङ्गो नेपाल नेपाललाई टुक्राउन लागि परेका छन् | ब्यर्थ भयो बिर बलभद्र , अमर सिंग तिम्रो बहादुरिता , खेर गयो भक्ति थापा .बहादुर शाह तिमीले जितेका लडाई हरु | यी त सबै ईतिहासका कुरा भए | मैले स्कूल पढ्दा पढेको यी ईतिहासहरु झुठा भए | मलाई आहिलेका हाम्रा नेताहरुलाई भन्न मन लग्यो हिजो मैले पढेको ईतिहास गल्ति रहेछ , यस्तो गलत शिक्षा अबका नया नेपालका नया पिढी लाई नापढ़ाईयोस |नया संबिधान सग सगै नेपालको ईतिहास पनि सच्चईयोस |

यी त भए ईतिहासका कुरा अब वर्तमान तिर लागौ | विश्व मानचित्रमा विकासको हिसाबले खोज्ने हो भने आगाडीबाट होईन पछाडीबाट खोज्नु पर्छ नेपाललाई | नेपालले बार्षिक बजेट बनाउदा अरु सग मागेर ल्याउने आनुदान अनि भिखले ठुलै अंश ओगटेको हुन्छ आझै भनौ बिदेशी सहयोग बिना यहाँ केही हुदैन | अहिले एउटा नेपाल चलाउन त यो हालत छ पछि यिनले आहिले बनाउन लागेको १५ , २० नेपालको हालत के होला आफै आनुमन गर्नुस | नेपालका पार्टीहरुले के आधारमा संघियताको नाराले समाजमा बिखन्डनको बिउ रोपेर जातीय , क्षेत्रीय आधारमा नेपाल टुक्राउन खोजे ? एउटा राज्य चल्न उसले आफ्नो आय ले आफै चल्न अनि चलाउन सक्नुपर्छ | के त्यो सबै मा सम्भव छ ? नेपाल कृषि प्रधान देश भानिए खाध्धन्न मा आफु आत्म निर्भर छैन | पश्चिममा बर्षेनी खाद्या सङ्कट पर्छ | बर्ष भरिको उब्ब्जईले ३ महिना खान पुग्दैन , संयुक्त राष्ट्र संघले कामका लागि खाध्धन्न भन्ने कार्यक्रम नाचालाउनि हो भने उत्तर पश्चिमका सबै जिल्लामा ८ ., ९ महिना सम्म भोकमरी चल्छ | यो त एउटा उदाहरण मात्र हो अनि यस्तो राज्यले को सग ?,कति समय सम्म ? , कति मागेर राज्य चलाउने ? संघियताको कुरा गर्दा एउटा काठमान्डु मात्रै हेरेर हुदैन | मैले संघियताको बिरोध गर्न खोजेको होइन मात्र अहिले नै नेपाल संघियतामा जाने बेला भयको छैन भन्न खोजेको हो | कमसे कम एउटा सिंगो नेपाल त पहिला सबै कुरामा आत्म निर्भर बनाउ अनि गरौला संघिता को बहस | एउटा माग्ने नेपाल माथि १५ . २० ओटा थाङ्गने नेपाल नथपियोस् | नेपाल बर्बाद हुनबाट बचईयोस भन्न खोजेको हु .|

बिनोद ढकाल