Pages

Tuesday, December 22, 2009

कविता तिमि अब बोल्नु पर्छ

कविता तिमि अब बोल्नु पर्छ
किरातमा होईन ,
मगरात होईन |
कोचिलामा होईन ,
नेवामा होईन |
तिमि बोल्नु पर्छ
हिमाल देखि
पहाड तराई सम्म |
तिमि बोल्नु पर्छ,
मेची देखि
गण्डकी कर्णाली हुदै
माहाकाली सम्म |
तिमि बोल्नु पर्छ
हरेक गाउ गाउहरुमा
हरेक बस्तीहरुमा
हरेक जति , धर्म अनि भेष हरुमा
तिमि आब बोल्नु पर्छ
हरेक नेपाली मन मनमा
हरेक नेपालीको तन तनमा
राष्ट्रियताको लागि ,
अखण्डता को लागि ,
स्वाधिनताको लागि
स्वतन्त्रता को लागि
एउटै आवाज भनेर
सिङ्गो नेपाल भनेर
हो साच्चै बोल्नु पर्छ कविता
सुतेकालाई उठाएर ,
उठेकालाई बसाएर ,
सम्पूर्ण नेपालीलाई
एउटै सिङ्गो मालामा उन्नु पर्छ
जाति धर्म अनि
क्षेत्रीयतामा फुटायर होइन .
जुटाएर
सबै नेपालीलाई
सिङ्गो नेपाल बुन्नु पर्छ
हो कविता तिमि बोल्नु पर्छ
साच्चै बोल्नु पर्छ
राष्ट्रियताको लागि ,
अखण्डता को लागि ,
स्वाधिनताको लागि
स्वतन्त्रता को लागि
एउटै आवाज भनेर
सिङ्गो नेपाल भनेर .........

1 comment:

  1. तपाईं ब्लगमा राम्रा रचना पढ्न पाइयो ।

    ReplyDelete