Pages

Sunday, February 21, 2010

गजल

बोलाकै हो तिमीलाई सुनीनौ कि कसो ?
दिएकै हो माया जाल बुनीनौ कि कसो ?

चरी जस्तै उडिरहने चंचलले त्यो मन पनि
बास माग्न आएकै हो थुनीनौ कि कसो ?

सुनी राछु आजभोली जल्छौ अरे पश्चातापमा
भनेकै हु मैले पनि गुनीनौ कि कसो ?

धुपमा धापिएर तिर्खाएका बटुवा हरु
धेरै आए तिम्रै सामु चुनीनौ कि कसो ?

सुर बेसुरमा दुनियालाई नाचाउदा खेरि
आफै ताल मिलाउन जानिनौ कि कसो ?

मेरो हाल - कविता

बजारमा पसलेले सजायर राखेको
प्लास्टिकको फुल जस्तो ,
न कुनै जीवन छ ,
न कुनै सुगन्ध ,
केवल आखाको आकर्षण मात्रै
यस्तै छ हजुर परदेशी जीवन |

इट्टाको डङ्गुर भित्र
हरायको मान्छे म ,
मेरा लागि विदेश ,
पहिला रहर ,
आहिले कहर ,
गगन चुम्मी महलका शहर
निल्नु न ओकल्नु
घाटीको जहर .......|

हिडदा हिड्दै चौबाटो मै हराउछु,
कहिले कही झस्केर कराउछु ,
सबै चिज छ ,
तैपनि ,
केही नभए जस्तो ,
यो जीवन कस्तो कस्तो ??
आज आफैलाई लागि रहेछ किन सस्तो |

म दुनिया खोज्छु ,
दुनिया मलाई,
आफु भने आफै सग हराइरहेको छु ,
प्राप्ति र अप्राप्तिको बीचमा ,
मान्छे नै मान्छेको भीडमा.
म नितान्त एक्लो मान्छे भएर |

मिर्ग तृष्णा जस्ता भए मेरा रहर ,
आज हेर्छु अलि पर ,
भोलि हेर्छु झनै पर ,
यस्तै छ हजुर मेरो हाल,
जता हेर्यो प्वालै प्वाल |

जीवन जिउन लाई
समय सँग सम्झौता गर्दा ,
नचाहेरै बिष पिउनु पर्ने ,
आफ्नै मुटु चिथोरेर सिउनु पर्ने ,
बतासले उडाएको
सिमलको भुवा जस्तो जीवन.....
समय सगै बहनु पर्ने |

के गर्नु हजुर ,
यस्तै छ हजुर मेरो हाल
समुन्द्रको तिरमा छु
न आउछ छाल
न आउछ काल
यस्तै छ हजुर मेरो हाल ............
यस्तै छ हजुर मेरो हाल ............


बिनोद ढकाल २००९/१०/२५

Friday, February 19, 2010

परदेशीको चिठ्ठी

प्रिय .........
मन भरिको मिठो माया अनि सुमुधुर सम्झना ........


प्रिय आज म, तिमि भन्दा धेरै टाढा छु ,तिमीलाई सधै सुसेलेर बोलाउने त्यो नारायणी , त्यो सप्तकोशी अनि त्यो कर्णाली भन्दा पर .........., तिमीलाई देखेर सधै मुस्काउने त्यो कन्चंजन्घा, त्यो निलगिरी त्यो माछापुच्छरे भन्दा पनि पर.......... , हामि एकान्तमा दुई बराबर एक.. अनि सुन्यमा बिलाउदा हामीलाई प्रश्न गर्ने त्यो कोईलीको कुहु ..कुहु भन्दा पर ....., त्यो डाफे, त्यो मुनाल , त्यो मयुर नाच्ने त्यो रानी बन भन्दा पनि धेरै पर .........,पारीको त्यो भन्ज्याङ्ग ,त्यो मझुवा देउराली अनि त्यो सिस्ने लेक भन्दा पनि पर ......., तिर्खा मेटने बेसीको त्यो ढुंगे धारो , भानुभक्तको त्यो घाँसी कुवा ,अनि त्यो जरुवा भन्दा पर ........, यति पर कि त्यो मेरो घर , त्यो मेरो गाँउ ,अनि मेरो देश भन्दा सयौ कोश पर ......, जति सुकै पर भए पनि तिमि सधै मेरो मनको सामिप्यमा नै छौ , तिमि मेरो हरदम आखैमा नाची रहन्छौ , मेरो मनको धडकन सगै धड्किन्छौ | प्रिय त्यो गुन्द्रुकको अचार , त्यो भुटेको मकै र महि .....अनि कोदो र फापरको रोटि रुचाउने म , याँहाको म्यक्दोनाल्स र पिज्जाले मेरो पेट भरिन्न , त्यो रोधीघर र झ्याउरे गित ,भजन अनि टुक्कामा नाच्ने म यहाको र्याप, हिपप गीत र डिस्कोमा मेरो कम्मर मर्किदैन , तर के गर्नु समय र परिस्थितिको शिकार भएको छ मेरो जिन्दगि | सगर भेटने आशामा किनारै किन बगेको छ मेरो जिन्दगि | जस्तो परे पनि सहनु पर्ने जस्तो परे पनि भोग्नु नै पर्ने यस्तै रैछ जिन्दगि | तिमीलाई भेटन म छिट्टै आउने छु ....... प्रिय जति सुकै दुख कष्ट आई परे पनि आशा अनि धैर्यता नटुटाई बसे , तिम्रो मेरो मायाको डोरी नछुटाई बसे | .................................
................................................

क्रमश :........

उही तिम्रो परदेशी

Saturday, February 13, 2010

कविता:- बगेको मन

आज राति
मेरा धेरै आशु बगे
आशु सगै
मेरो हासो खुशी बग्यो |

बिहान नारायणी
स्वाँ.......गरेर सुसाउदा
म झस्किएर ब्युझिए ,
अनि खोज्न थाले
त्यै नारायणी जस्तै
बगेको मन |

आशु पनि
धेरै बगेपछि
सुकेर बादल
बन्दो रहेछ |

म झिनो आशामा छु ,
भरे त्यो कालो बादल
बर्षात बनि झरेपछि
आउने भेलले,
बगेको मन
फर्की दिई हाल्छ्की.?
तर भर भने छैन
किनकि
हिजो आस्ति पनि
यस्तै भएको थियो |

त्यसैले
आहिले म ,
शब्दहरुको
किनारै किनार
दौडी रहेछु
कतै शब्दहरुको भेलले
बगेको मन लाई
किनार लगाई दिई पो हाल्छ्की ...??

Sunday, February 7, 2010

कविता :-जिन्दगि

यस्तै रैछ जिन्दगि जसो तसो जिउनु पर्ला !
जति ठाउमा फाटे पनि जतनले सिउनु पर्ला !!

कतिन्जेल चल्दो रै छ चले सम्म चलाउने छु !
भार पनि बोकाउन्न भो आफै चिता बलाउने छु !!

निलो आकाश हेरी हेरी कहिले कहिँ टोलाउदा !
मृत शान्ति मिल्ने रै छ कल्पनाले बोलाउदा !!

किन हुन्छु थाहा छैन यति साह्रो सस्तो हजुर !
कहिँ कतै नचलेको खोटो सिक्का जस्तो हजुर !!

हारै हार भो जिन्दगीमा दुनियाको हासो भए !
आफ्नै गलामा सेरिएको सुर्कनेको पासो भए !!

यस्तै भयो जिन्दगि बिना तालमै नाचिराछु !
हासो खुशी लुटाएर आशै आशैमा बाची राछु !!

Thursday, February 4, 2010

गजल

थाहै नपाई चोरेर गयौ !
निभेको आगो जोरेर गयौ !!

कठोर छ मन भन्ने गर्थे
कति सजिलै फोरेर गयौ !!

खोल्दै नखोली मायाको धारो
प्रेमका प्याला भोरेर गयौ !!

देखाई मलाई मायाको सागर
आफु चाही तरेर गयौ !!

टुक्राएर "बिनोद " को मन
आफ्नै पोल्टामा सोरेर गयौ !!