Pages

Sunday, February 7, 2010

कविता :-जिन्दगि

यस्तै रैछ जिन्दगि जसो तसो जिउनु पर्ला !
जति ठाउमा फाटे पनि जतनले सिउनु पर्ला !!

कतिन्जेल चल्दो रै छ चले सम्म चलाउने छु !
भार पनि बोकाउन्न भो आफै चिता बलाउने छु !!

निलो आकाश हेरी हेरी कहिले कहिँ टोलाउदा !
मृत शान्ति मिल्ने रै छ कल्पनाले बोलाउदा !!

किन हुन्छु थाहा छैन यति साह्रो सस्तो हजुर !
कहिँ कतै नचलेको खोटो सिक्का जस्तो हजुर !!

हारै हार भो जिन्दगीमा दुनियाको हासो भए !
आफ्नै गलामा सेरिएको सुर्कनेको पासो भए !!

यस्तै भयो जिन्दगि बिना तालमै नाचिराछु !
हासो खुशी लुटाएर आशै आशैमा बाची राछु !!

No comments:

Post a Comment