Pages

Sunday, November 29, 2009

गजल - मेरो मनमा


मेरो मनमा उनकै मात्रै यादहरु गडीराछ !
यी आखाले सधै उनकै तस्बिरहरु पडीराछ !!
समाल्न नसकेर उनले दिएका मायाहरू ,
चौबाटोमै मन मेरो आज यसै लडीराछ !
यी आखाले सधै उनकै तस्बिरहरु पडीराछ !!

दुई मुटुलाई चिरापार्न झिर कसैले रोपे पछी ,
एक अर्कालाई नबुझेर घाऊ तेसै सडीराछ !
यी आखाले सधै उनकै तस्बिरहरु पडीराछ !!

चिसो चिसो बतासमा हिउ सगै खेल्दै होलिन ,
कठान्ग्रिदा उनका हात माया झनै बडीराछ !
यी आखाले सधै उनकै तस्बिरहरु पडीराछ !!

उनी यसै रिसायर नबोलेको धेरै भयो ,
मलाई भने उनकै यादले नशा यसै चडीराछ !
यी आखाले सधै उनकै तस्बिरहरु पडीराछ !!

मेरो मनमा उनकै मात्रै यादहरु गडीराछ !
यी आखाले सधै उनकै तस्बिरहरु पडीराछ !!

Friday, November 6, 2009

जिन्दगी

आखिर के रैछ जिन्दगी ?
जुन सुन्यबाट शुरु
सुन्यमा नै सकिने
सुन्य नै रैछ जिन्दगी |

आफ्नो सोचे सबै आफ्नै जिन्दगी !
पराई सोचे पराई जिन्दगी !!

नजिक सोचे सबै नजिक ,
टाढा सोचे सबै टाढा ,
बास्तबमा मान्छेको सोच नै रैछ जिन्दगी !!
सकारात्मक सोच सकारात्मक जिन्दगी |
नकारात्मक सोच नकारात्मक जिन्दगी |
जिन्दगी त एउटा नाम नै हो - भोगाई अनि अनुभवको |
जिन्दगी त एउटा काम नै हो - सनतुष्टिका लागि गरिने प्रयत्नको |
भोगाई र आनुभव सगाल्छ जिन्दगी !
सुख र दुख अगाल्छ जिन्दगी !!
माया गरे सबै लाई ,
पत्थर पनि पगाल्छ जिन्दगी !!!
कहिले काडा सग फुल्छ जिन्दगी !
कहिले आफै सग भुल्छ जिन्दगी !!
नचिनेर बटा हरु ,
कहिले हावा सग डुल्छ जिन्दगी !!!
जित्ने को लागि जित जिन्दगी !
हार्ने को लागि शित जिन्दगी !!
समय चक्र सगै घुम्ने ,
प्रकृति को रित जिन्दगी !!!
गाउन जाने गित जिन्दगी !
लाउन जाने प्रित जिन्दगी !!
केहि गर्न नसक्ने लाई,
खान मात्रै जान्ने मृत जिन्दगी !!!
आखिर के रैछ जिन्दगी ?
जुन सुन्यबाट शुरु
सुन्यमा नै सकिने
सुन्य नै रैछ जिन्दगी |

Thursday, November 5, 2009

मेरो हाल


बजारमा पसलेले सजायर राखेको
प्लास्टिकको फुल जस्तो ,
न कुनै जीवन छ ,
न कुनै सुगन्ध ,
केवल आखाको आकर्षण मात्रै
यस्तै छ हजुर परदेशी जीवन |

इट्टाको डङ्गुर भित्र
हरायको मान्छे म ,
मेरा लागि विदेश ,
पहिला रहर ,
आहिले कहर ,
गगन चुम्मी महलका शहर
निल्नु न ओकल्नु
घाटीको जहर .......|

हिडदा हिड्दै चौबाटो मै हराउछु,
कहिले कही झस्केर कराउछु ,
सबै चिज छ ,
तैपनि ,
केही नभए जस्तो ,
यो जीवन कस्तो कस्तो ??
आज आफैलाई लागि रहेछ किन सस्तो |

म दुनिया खोज्छु ,
दुनिया मलाई,
आफु भने आफै सग हराइरहेको छु ,
प्राप्ति र अप्राप्तिको बीचमा ,
मान्छे नै मान्छेको भीडमा.
म नितान्त एक्लो मान्छे भएर |

मिर्ग तृष्णा जस्ता भए मेरा रहर ,
आज हेर्छु अलि पर ,
भोलि हेर्छु झनै पर ,
यस्तै छ हजुर मेरो हाल,
जता हेर्यो प्वालै प्वाल |

जीवन जिउन लाई
जीवन संग सम्झौता गर्दा ,
नचाहेरै बिष पिउनु पर्ने ,
आफ्नै मुटु चिथोरेर सिउनु पर्ने ,
बतासले उडाएको
सिमलको भुवा जस्तो जीवन.....
समय सगै बहनु पर्ने |

के गर्नु हजुर ,
यस्तै छ हजुर मेरो हाल
समुन्द्रको तिरमा छु
न आउछ छाल
न आउछ काल
यस्तै छ हजुर मेरो हाल ............
यस्तै छ हजुर मेरो हाल ............


बिनोद ढकाल २००९/१०/२५

Tuesday, November 3, 2009

फुल र भूल


जिन्दगिको फुल बारीमा फुल्यो एउटा फुल !
मेरै माया खहरे भो उनको चाही मूल !!
संसार साच्चै कोल्टे रैछ,
चोरलाई सम्मान हजुर साधुलाई शुल !!
उनि सगै सजायथे सुन्दर एक संसार हजुर ,
त्यही संसार मा रामायर गरे मैले भूल !!
जिन्दगिको फुल बारीमा फुल्यो एउटा फुल !
मेरै माया खहरे भो उनको चाही मूल !!