Pages

Monday, January 4, 2010

गजल - हरायौकी कतै भनि ...

हरायौ की कतै भनि मनको दियो बालि हेरे !
आशै आशामा भए पनि सुन्दर संसार पाली हेरे !!

भेटिन्छौ कि कतै भनि गल्ली गल्ली खोजिरहदा
"पागल भयौ.."तिमीले भन्यौ, दुनियाको ताली हेरे !
आशै आशामा भए पनि सुन्दर संसार पाली हेरे !!

कैले यता कैले उता तिमीले मन डुलाई रहेउ
मेरो मन बुझाउनलाई प्रभातको लाली हेरे !
आशै आशामा भए पनि सुन्दर संसार पाली हेरे !!

चरी जस्तै उडी रहयौ गगनमा तिमि आजकल
बास बस्न आउछौ भनि आफ्नै मुटु टाली हेरे !
आशै आशामा भए पनि सुन्दर संसार पाली हेरे !!

खेडेरीको पानि भयौ दुनियाँको तिर्खा मेट्ने
नजर हरु बदलेर आफ्नै आश्था ढाली हेरे !
आशै आशामा भए पनि सुन्दर संसार पाली हेरे !!


हरायौ की कतै भनि मनको दियो बालि हेरे !
आशै आशामा भए पनि सुन्दर संसार पाली हेरे !!
"मान्छे किन जन्मन्छ ? " भन्ने प्रश्नको उत्तरमा मेरा एक मित्रले भन्नु भयो "जीवन जिउनका लागि", मैले भने "मृत्युका लागि " किनकि जन्म पछि कुनै एक बिन्दुमा गएर उसको मृत्यु निश्चित छ | अनि हाम्रो जीवन सेकेन्ड ,मिनेट , घण्टा ,दिन, महिना र बर्ष गरि घटी रहेछ lत्यसैले लाग्छ आजकल नयाँ बर्ष अनि जन्म दिनका उत्सबहरु मनाउदा हामी कतै आफ्नै मृत्यु नजिकदै गरेको खुशीमा त नाचिरहेका छैनौ .......????????

हाम्रो नेपालमा

हाम्रो नेपालमा ,
नयाँ नेपालमा ,
शासकहरु फेरियो ,तिनका नामहरु फेरीए ,देशको व्यवस्था फेरिएन !
शोषण गर्ने रुप फेरियो,दमनका शैली फेरिए,जनताको अवस्था फेरिएन !!
धेरै नेताहरु फेरियो,कार्यकर्ताहरु फेरिए , नेतृत्व को बुद्दी फेरिएन !!!
जनताका जनमत फेरियो ,युगहरु फेरिए,नेपालको अवस्था कहिल्यै फेरिएन !!!
हाम्रो नेपालमा , नयाँ नेपालमा ,