Pages

Monday, January 4, 2010

गजल - हरायौकी कतै भनि ...

हरायौ की कतै भनि मनको दियो बालि हेरे !
आशै आशामा भए पनि सुन्दर संसार पाली हेरे !!

भेटिन्छौ कि कतै भनि गल्ली गल्ली खोजिरहदा
"पागल भयौ.."तिमीले भन्यौ, दुनियाको ताली हेरे !
आशै आशामा भए पनि सुन्दर संसार पाली हेरे !!

कैले यता कैले उता तिमीले मन डुलाई रहेउ
मेरो मन बुझाउनलाई प्रभातको लाली हेरे !
आशै आशामा भए पनि सुन्दर संसार पाली हेरे !!

चरी जस्तै उडी रहयौ गगनमा तिमि आजकल
बास बस्न आउछौ भनि आफ्नै मुटु टाली हेरे !
आशै आशामा भए पनि सुन्दर संसार पाली हेरे !!

खेडेरीको पानि भयौ दुनियाँको तिर्खा मेट्ने
नजर हरु बदलेर आफ्नै आश्था ढाली हेरे !
आशै आशामा भए पनि सुन्दर संसार पाली हेरे !!


हरायौ की कतै भनि मनको दियो बालि हेरे !
आशै आशामा भए पनि सुन्दर संसार पाली हेरे !!

1 comment:

  1. sarai ramro hajur
    tara 3/3 line nalekhnu na hai kasto kasto dekhiyo 2 line thik chha mathiko line feri nalekhda pani hunchha hola ki
    hajurlai thik lagemaa matrai hai

    ReplyDelete