Pages

Thursday, August 16, 2012

बिष्णु

आज जता ततै
बिष्णु हरु देख्छु
अरुलाई पोल्ने
सिस्नु हरु देख्छु
सबैको साथमा
सत्तामा पुग्ने
लिस्नु हरु देख्छु

आज  वृन्दा आमै
देश भएकी छिन
जालन्धर
बृन्दा निष्ठाबाट जन्मेको
राष्ट्रबाद भएको छ

सत्तामा पुग्न
राष्ट्रबादलाई मार्नै पर्ने 
चलन चलेको छ आजकल
त्यसैले त
आफ्नै आमा  लुट्न
बिष्णु बनी छलेको आजकल

सत्य युगमा त
निष्ठावान बृन्दाहरु
देवता  बाटै
सुरक्षित थिएनन  भने
कलि युग मा के कुरा

हे बृन्दा
तिम्रो निष्ठा तिम्रै सन्तानका लागि
तगारो भएको छ

कस्तो चलन चल्यो
सत्ताका लागि
तिमि सधै 
ब्वासाहरु बाट लुटिनु पर्ने

हे ईन्ककलाबका नारा लगाउनेहरु हो ...
सक्छौ भने जालन्धर   बन
देबतानै भएपनि
धुर्त , छली कपटी
बिष्णु कहिल्यै नबन

देबतानै भएपनि
धुर्त , छली कपटी
बिष्णु कहिल्यै नबन