Pages

Wednesday, December 2, 2009

संघीय नेपाल र फरक मत

नया नेपालमा नया संबिधान बनाउन नेपालका प्रमुख दलहरुको राज्य पुनःसंरचनासम्बन्धी अवधारणा देख्दा मलाई राष्ट्र निर्माता अनि नेपालको राष्ट्रिय बिभुति मानिएका श्री ५ पृथ्बी नारायण शाह प्रति धिक्कार लगेर आयो | अनि भन्न मन लग्यो तिमीले कमसे कम त्यति बेलाका बाईसे , चौबिसे राज्यहरु एकीकरण नगरेको भए आहिलेका हाम्रा नेता हरुले नया संबिधानमा कति राज्य बनउने बनेर बहस गर्नु पर्ने थिएन, न त माओबादीले यसैका लागि भनेर बिसौ हजार नेपाली सोझा जनता को नरबली चढाउनु पर्थ्यो नेपाली माटोलाई | पृथ्बी तिमीले गल्ति गरेछौ नेपाल एकीकरण गरेर किनकि तिमीले नेपालको स-साना राज्य , रजौटा हरुलाई मिलाएर सिङ्गो नेपाल बनायौ तर आज तिम्रै सन्तति हरु त्यो सिङ्गो नेपाल नेपाललाई टुक्राउन लागि परेका छन् | ब्यर्थ भयो बिर बलभद्र , अमर सिंग तिम्रो बहादुरिता , खेर गयो भक्ति थापा .बहादुर शाह तिमीले जितेका लडाई हरु | यी त सबै ईतिहासका कुरा भए | मैले स्कूल पढ्दा पढेको यी ईतिहासहरु झुठा भए | मलाई आहिलेका हाम्रा नेताहरुलाई भन्न मन लग्यो हिजो मैले पढेको ईतिहास गल्ति रहेछ , यस्तो गलत शिक्षा अबका नया नेपालका नया पिढी लाई नापढ़ाईयोस |नया संबिधान सग सगै नेपालको ईतिहास पनि सच्चईयोस |

यी त भए ईतिहासका कुरा अब वर्तमान तिर लागौ | विश्व मानचित्रमा विकासको हिसाबले खोज्ने हो भने आगाडीबाट होईन पछाडीबाट खोज्नु पर्छ नेपाललाई | नेपालले बार्षिक बजेट बनाउदा अरु सग मागेर ल्याउने आनुदान अनि भिखले ठुलै अंश ओगटेको हुन्छ आझै भनौ बिदेशी सहयोग बिना यहाँ केही हुदैन | अहिले एउटा नेपाल चलाउन त यो हालत छ पछि यिनले आहिले बनाउन लागेको १५ , २० नेपालको हालत के होला आफै आनुमन गर्नुस | नेपालका पार्टीहरुले के आधारमा संघियताको नाराले समाजमा बिखन्डनको बिउ रोपेर जातीय , क्षेत्रीय आधारमा नेपाल टुक्राउन खोजे ? एउटा राज्य चल्न उसले आफ्नो आय ले आफै चल्न अनि चलाउन सक्नुपर्छ | के त्यो सबै मा सम्भव छ ? नेपाल कृषि प्रधान देश भानिए खाध्धन्न मा आफु आत्म निर्भर छैन | पश्चिममा बर्षेनी खाद्या सङ्कट पर्छ | बर्ष भरिको उब्ब्जईले ३ महिना खान पुग्दैन , संयुक्त राष्ट्र संघले कामका लागि खाध्धन्न भन्ने कार्यक्रम नाचालाउनि हो भने उत्तर पश्चिमका सबै जिल्लामा ८ ., ९ महिना सम्म भोकमरी चल्छ | यो त एउटा उदाहरण मात्र हो अनि यस्तो राज्यले को सग ?,कति समय सम्म ? , कति मागेर राज्य चलाउने ? संघियताको कुरा गर्दा एउटा काठमान्डु मात्रै हेरेर हुदैन | मैले संघियताको बिरोध गर्न खोजेको होइन मात्र अहिले नै नेपाल संघियतामा जाने बेला भयको छैन भन्न खोजेको हो | कमसे कम एउटा सिंगो नेपाल त पहिला सबै कुरामा आत्म निर्भर बनाउ अनि गरौला संघिता को बहस | एउटा माग्ने नेपाल माथि १५ . २० ओटा थाङ्गने नेपाल नथपियोस् | नेपाल बर्बाद हुनबाट बचईयोस भन्न खोजेको हु .|

बिनोद ढकाल

No comments:

Post a Comment