Pages

Thursday, December 17, 2009

मेरो परिचय


मेरो परिचय

आज म ,
आफ्नै घर भित्र
आफ्नै परिचय खोजिरहेछु |
थाहा छैन
कहाँ छु म आज
तमुवान मा छु कि
खुम्बुवान मा ?
मगरात मा छु कि
किरात मा ?
नेवाः मा छु कि
कोचिला मा ?
ताम्सालिङ मा छु कि
खै के मा छु के मा म ?
खै कहाँ छ मेरो देश ?
हिजो सम्म त म,
बुद्द अनि सगरमाथाको
कुम्लो बोकेर ,
बिरानो शहरमा
छाती फुकायर हिड्ने गर्थे ,
कसैले मेरो परिचय माग्यो भने
म त्यहि बुद्द अनि सगरमाथाको
कुम्लो फुकायर दिने गर्थे,
तर आज म ,
आफ्नै शहरमा बिरानो भएछु ,
सिमा वारी हुदा हुदै
सिमा पारी पो पुगिसकेछु ,
आफ्नै नेपाल आमाको काखमा
म सौताने छोरा पो भएछु |
आज म खोजिरहेछु
मेरो देश ,
मेरो सुन्दर देश
मेरो सिङ्गो देश
अनि त्यही देश संग गासिएको
मेरो परिचय |

No comments:

Post a Comment