बजारमा पसलेले सजायर राखेको
प्लास्टिकको फुल जस्तो ,
न कुनै जीवन छ ,
न कुनै सुगन्ध ,
केवल आखाको आकर्षण मात्रै
यस्तै छ हजुर परदेशी जीवन |
इट्टाको डङ्गुर भित्र
हरायको मान्छे म ,
मेरा लागि विदेश ,
पहिला रहर ,
आहिले कहर ,
गगन चुम्मी महलका शहर
निल्नु न ओकल्नु
घाटीको जहर .......|
हिडदा हिड्दै चौबाटो मै हराउछु,
कहिले कही झस्केर कराउछु ,
सबै चिज छ ,
तैपनि ,
केही नभए जस्तो ,
यो जीवन कस्तो कस्तो ??
आज आफैलाई लागि रहेछ किन सस्तो |
म दुनिया खोज्छु ,
दुनिया मलाई,
आफु भने आफै सग हराइरहेको छु ,
प्राप्ति र अप्राप्तिको बीचमा ,
मान्छे नै मान्छेको भीडमा.
म नितान्त एक्लो मान्छे भएर |
मिर्ग तृष्णा जस्ता भए मेरा रहर ,
आज हेर्छु अलि पर ,
भोलि हेर्छु झनै पर ,
यस्तै छ हजुर मेरो हाल,
जता हेर्यो प्वालै प्वाल |
जीवन जिउन लाई
जीवन संग सम्झौता गर्दा ,
नचाहेरै बिष पिउनु पर्ने ,
आफ्नै मुटु चिथोरेर सिउनु पर्ने ,
बतासले उडाएको
सिमलको भुवा जस्तो जीवन.....
समय सगै बहनु पर्ने |
के गर्नु हजुर ,
यस्तै छ हजुर मेरो हाल
समुन्द्रको तिरमा छु
न आउछ छाल
न आउछ काल
यस्तै छ हजुर मेरो हाल ............
यस्तै छ हजुर मेरो हाल ............
बिनोद ढकाल २००९/१०/२५
Monday, October 26, 2009
Subscribe to:
Post Comments (Atom)
very very nice binod jee
ReplyDeletevery nice and good starting.....continuous the same bro i am here i support u,,,,,,,ok
ReplyDeletewow it touch my heart..........
ReplyDelete