Pages

Tuesday, March 16, 2010

गजल ...

हिजो हेरे आज हेरे प्रभातमा लाली उस्तै उस्तै !
नया अनाज फलाउने रे जोत्ने फाली उस्तै उस्तै !!

ओईली राछ फुल आजकाल बगैचा छ तहसनहश,
कुरा चर्का गर्ने हजुर काम चोर माली उस्तै उस्तै !!

नया घरको आशा देखाई कुरा धरै भए पनि ,
काम सबै शुन्य हजुर चुहिने पाली उस्तै उस्तै !!

घर छाउन धुरी चडनेले छानै उधारी फाल्दा पनि ,
सहि गलत नबुझी हामीले दिने ताली उस्तै उस्तै !!

अध्यारोमा सबार हजुर घोडा हैन गधा पर्यो ,
फुल रोप्दा जहर फुल्ने राजनीतिको बाली उस्तै उस्तै !!


( चाहदा चाहदै पनि यसमा भएको भाषा गत एबम लयमा भएको त्रुटी मिलाउन सकिन )

No comments:

Post a Comment