Pages

Saturday, May 29, 2010

चिताबाट ब्युतिएको मुर्दा - संबिधान सभा

माओबादीलाई थङ्नामा सुताइयो भन्ने काँग्रेस र एमाले , अनि प्रधानमन्त्रिको राजिनामा जित ठान्ने माओबादी अनि सबै सबैले आ-आफ्नै पक्षमा जित र हारको ब्याख्या गरे पनि धोका नेपाल आमा माथि भएको छ अहिले | नेपाली जनताको बिश्वाश माथि बिश्वाशघात भएको छ अहिले | बिधिलाई मिचेर समय गुज्रन लाग्दा भएको कथित् सहमतिले समय गुज्रिए पछि थपिएको संबिधान सभाको म्याद आफैमा अबैधानिक छ | तीन ठुला दललाई आफू अनुकुल सहमति भएमा नियम र कानुनको कुनै बन्धन नलाग्ने अरे , हैन यो तीन दलीय स्वर्थिए सहमति, बिधि र बिधान अनि नियम र कानुन भन्दा माथि छ र ? कि यी तीन दललाई आफु कानुन भन्दा ठुलो ठान्छन ..? हैन भने दुई बर्ष सम्म कुर्चीको लडाई लडेर बस्ने , आम जनभावनाको उपेक्षा गर्दै संबिधानको स पनि नलेख्ने यिनी हरुले जे गर्दा पनि हुने ..'?? बिधि र बिधान भन्दा माथि अनि जनता भन्दा ठुला तिमि दलहरु होइनौ बुझी राख ......

खै के कुरा गर्नु बिधि र बिधानको एउटा अपराधीलाई कारबाई गर्न त राजनीतक सहमति चाहिने देशमा ...
जे भए पनि चिताको मुर्दा केहि समयलाई ब्युताईएको छ सबैले आ आफ्नो ठाउँ बाट खबरदारी गरौ हुन् त् यी बाट केहि हुने वाला छैन , आशा त गरु भर चाहि नपरौ |

अन्त्यमा फेरी भन्न मन लग्यो एउटा हलीको सारा जिबन माटो माटोमै बितेको हुन्छ उसले मालिकले जोत भने जोत्दछ , खन भने खन्दछ तर चाहे साउन महिना नै किन नसकियोस , चाहे धानको बिउ नै किन बुढो नहोस उसले मालिकबाट आदेश नपाए सम्म बाली लगाउन सक्दैन ठिक त्यस्तै हाम्रा नेताहरु कसै न कसै को हली अथवा दास बनेका छन मालिकबाट आदेश नपाए सम्म न यिनले संबिधान बनाउछन , न देशमा शान्ति आउछ , न जनताले राहत पाउछन न देश ले बिकाश नै ..........

जदौ!!!



बिनोद ढकाल
स्पेन

No comments:

Post a Comment